Logo मंसिर ११, २०७७ बिहीबार


सरकारी नीति प्रष्ट नहुँदा कार्यालयमा कर्मचारीको उपस्थिति न्यून

काठमाडौं । दशैंको बिदा सकिएर बुधबारबाट नै सरकारी कार्यालय खुलेका छन् तर  कर्मचारीको उपस्थिति न्यून देखिएको छ ।

दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिएकाे हाे ।

बुधबारबाट सबै सरकारी कार्यालय खुलिसक्नु पर्ने र काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका थिए भने शुक्रबार पनि कर्मचारीको उपस्थिति ज्यादै न्यून देखिएको हो । दशैं बिदापछि सरकारी काम लिएर कार्यालय आएका सर्वसाधारणको चहलपहल थोरै देखिएपनि कर्मचारीको उपस्थिति न्यून देखिएकाले सेवाग्राही त्यसै फर्किरहेका दृश्य शुक्रबार पनि देखिएको छ । मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबाका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खालि देखिएका छन् ।

कोरोना जोखिमका बीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै काेराेना संक्रमणकाे जोखिम झनै बढेको छ ।  यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिस बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…