Logo मंसिर ११, २०७७ बिहीबार


कथा : वीर्यको मूल्य

-अनशुया ज्ञवाली

एउटा सानो गाउँ थियो रमेश र कविता भर्खर विहे गरेर नया जोडीका रुपमा त्याहाँ बस्थे रमेशको जागीर थियो । कविता घरेलु काम गरेर दिन बिताउथिन । समय बित्दै जाँदा एक दिन कविता गर्भवती भएको कुरा थाहा भयो परिवारमा अथाह खुसी छायो । रमेश जागीरे थियो । आयोजनाको कामले धेरै जसो बाहिर फिल्ड तिर जानुपर्ने । साथीहरुको संगत अनुुसार बानीहरु परिवर्तन हुदै गए चुरोट रक्सी साथीसँग बस्ने त सामान्य थियो । घरमा कम जाने बाहिर साथीभाइको संगत बढी हुदाहुदै उसलाई घरभन्दा बाहिर नै रमाइलो हुन थाल्यो । कविता सुत्केरी भई । रमेशको घर आउने क्रम लगभग बन्द नै भयो ।

कवितालाई बच्चासँग घर चलाउन गाह्रो भयो अलिकति समय त आफ्न्ती छिमेकीसँग सहयोग लिनेदिने काम भयो त्योभन्दा पनि रमेश सुध्रिएला घर आएर र त्यो सानो परिवार जस्ताकोतस्तै होला भन्ने आशा कविता को मनमा थियो त्यसैले सानो बच्चासँग हरेक दुख सहेर रमेशको प्रतिक्षा गरी सायद गर्भ मै हुदो हो उस्को बच्चा आज तोते बोेल्ने हुदाँ पनि रमेशको पत्तो थिएन ।

कविता भित्र भित्रै दुखी बनी जिन्दगी देखि हरेस खान थाली कस्लाइ पोख्नु त्यो पिडा विरानो संसारमा पिडा सुनेर हाँस्ने सिवाय अरुको कमि छ मौन संघर्षको लामो अवधि वित्दै गर्दा हुर्कदो बच्चा, समाजिक उत्तरहीन प्रश्न बच्चाको परिचय र अस्तित्वको खोजी यावत कुराले कवितालाई चुप बस्न दिएन र कविता बाध्य भएर रमेशलाई खोज्न, रमेश र आफ्नो सम्बन्धको परिचय दिन ऊ रमेश भएको ठाउँमा पुगी ।

रमेशको संसार अर्कै थियो हातमा रक्सीको प्याला , ओठमा चुरोटको ठुटो अनि अगांलोमा जिम्मेवारी विहीन समयलाई घण्टा हिसाव गरेर खरीद गरीएकी अर्धनग्न युवती, त्यो अवस्था देखेर कवितालाइ त्यहाँ बस्न मन लागेको त थिएन तर के गर्नू उसलाई जीन्दगीदेखि हरेस खाने केही समाजिक उत्तरको खाँचो थियो । जुन उत्तरहरु उस्को अस्तित्वसँग जोडिएको थियो ।

उसले रमेशलाई प्रश्न सोधी आफ्नो पिडा पोखी , फकाइ , सामाजीक पारिवारीक जिम्मेवारी बोध गराउन कोसिस गरी तर जिम्मेवारी विहीन संसारमा प्रवेश गरेको माया पनि पैसामा खरीद गरी गरी जिवन जिउने बानी परेको रमेशलाई कविताका आशुले कुुनै असर गरेन कविता दिक्क भइ जिन्दगीदेखि । के गर्ने ? कहाँ जाने ? कुनै उपाय आइरहेको थिएन ।

जीवनको उदेश्य के हो ? बच्चाको जिम्मेवारी कसरी पूरा गर्ने ? रमेशको प्रतिक्षा गर्नु या मौन समाप्ति यसै धेरै कुरा सोच्दै ऊ घर त पुगी, नीद लागेन भोक लागेन रात दिन विकल्प सोचिरही । के रमेश विना मेरो अस्तित्व थिएन र म ऊभन्दा पहिला बाँचेकी थिइन अनि म मर्नू नै विकल्प भए बच्चा ? होइन म बाच्नु पर्छ जिवन को अस्तित्व खोज्नु पर्छ उसले दिएको उपहारको मूल्य तिर्न पर्छ ।

त्यसपछि कविता विगत सम्झी रमेशसँगका पल सम्झी सोची जिन्दगी केका लागि अनि खुसी भइ धन्यवाद भगवान् मलाई नयाँ जिवन दिएकोमा भनेर हास्दै नमन गरेर विस्तारातिर लागि ।

अब समाजका हरेक प्रश्नको उत्तर हुनेछ कवितासँग नयाँ जिवनको सुरुवात नयाँ कामबाट भयो बच्चाको व्यवस्थापन भयो काम खोजियो जीवनले नयाँ बाटो लियो । आयस्रोत भएपछि परिवारको भौतिक आवश्यकता पूरा हुदै गए अभाव कम हुदाँ जिवन सहज हुदै गयो जस्ले पुराना पिडालाई कम गर्दै ल्यायो तर समस्या अर्को थपियो बच्चा जुन कविता र रमेशको सम्बन्धको प्रमाण थियो ऊ अब ठूलो भैसकेको थियो ।

आज कविताकी छोरी वकिल भइ कानुुनका हरेक कुरा बुझ्ने भइ सानो बेला उसले कसम खाएकी हुनुपर्छ सायद आमाको आशुको मूल्य चुकाउने आमाले स्कलरसिपमा यम. वि. वि. यस. पढ छोरी भन्दा इन्टान्समा नाम निकालेर आमाको मन त राखी तर ‘ल’ कलेजमा भर्ना भएकी छोरी अहिले कविता बुडेसकालाको सहारा यही छोरी भन्छे , ‘म यो कानुनलाई परिवर्तन गर्छु ९ महिना गर्भमा सन्तानलाई राखेर जन्मदिदा आफ्नो नाम दिन नपाउने आमाको दुःखको मूल्य खोज्छु क्षणिक आनन्दको लागि अरुको भविष्यलाई अन्योल बनाएर बाबुको उपनाम लिने बंशहरुको विर्यको मूल्य तोक्छु । ’

कविता सम्झाउछे , ‘छोरी तिमी जिद्धी नगर यो भवसागर हो यसमा नपस तिमीलाई गाह्रो हुन्छ आफ्रनो भविष्य सोच धेरै पैसा कमाउ माया गर्ने केटा खोज विहे गर म बुढी भइसके अब मलाई जुनसुुकै अधिकारको पनि मूल्य छैन । ’

‘आमा हजुर बृद्ध हुनु भो अब धेरै न सोच्नु आराम गर्नुुुुस् ।’

रमेश इन्टरनेटमा नयाँ आयोजनाको लागी केही योजना बनाउदै थियो ल्यापटपमा संगै खोलिएको फेसबुक पेजमा नोटीफिकेशन आयो । कामले दिक्क भएकोले होला रमेश कामभन्दा फेसबुकतिर आँखा पूरायो नोटिस र्हेयो नयाँ फ्रेन्ड रिक्कोवेस्ट वाल खोल्यो आँखामात्र भएको तस्वीरले वाल सजिएको थियो । आँखा निकै सुन्दर ठूला गाजलु मृग नयनी ।

फेरी ग्यालरीमा गयो ऊ मुसुक्क हास्यो. सबै बच्चाका फोटामात्र थिए । कोही साथीले मजाक गरेछ भनेर रिक्कोवेस्ट एसेप्ट भयो तेसको १ मिनेटमा मेसेज आयो ‘हाइ’ रमेश दंग पर्यो अनि लेख्यो ‘हेलो बेबी ’ उताबाट मेसेज आयो ।

‘बेबी ? आइएम नट बेबी , आइएम मस्ट ब्यूटिफुल लेडी अफ इअर २२ ’ रमेश हास्यो । कुनचैले मलाई मुर्गा बनायो ।

उताबाट मेसेज आयो । ‘आइ वान्ट टु मिट यु इट इज पोसिबल ?’ रमेशले सोच्यो यति छिटै ‘ओके बट कहाँ र कहिले ?’ ‘टुमरो’ उत्तर आयो उताबाट ‘कति छिटो त ?’ रमेशले भन्यो , हुन्छ कहाँ भेट्ने? ‘डान्सबार ८ बजे साँझ , यो नम्बरमा फोन गर्नुस् है पुगेपछि ।’

केटीले आफ्नो मोबाइल नम्बर दिई । रमेश दंग पर्दै कुन साथीले मुर्गा बनायो होला भनेर सोच्दै थियो ।

जीवनले धेरै कोल्टे फेरेछ अचेल ऊसँग कोही केटी साथी सम्पर्कमा भएको पाएन ऊ त अफिसको वोस भएको छ त्यसरी यस्तो मजाक गर्ने हिम्मत कस्मा हुनु ? सोच्यो को होला र धेरै सोचेपछि उसलाई आफ्नो अफिसको रिसेप्सनीस्टको याद आयो अस्ति कुन गाउँमा जादाँ हो एउटी बृद्ध महिलाले श्रीमानले सानैमा छाडेर गएको आम्दानी गर्ने कोही नभएको छोरीलाई जागीर चाहिएकोले आफ्नो अफिसमा काममा राख्न ल्याएको १ महिना भएको थियो । उसलाइ समय मिलाएर आफूमा ढाल्ने कोसिसमा थियो म भन्दा फर्वाड निस्की छ भनेर हास्दै फोन नं. मोवाइलमा डायल गर्याे अनि कम्प्यूटर बन्द गरेर सुत्यो ।

निद्रा लागेन उसले कवितासँग जोडिए पछिका ३० वर्ष अवधि सम्झीयो जो उसकी संगीनी थिई उस्कै ठेगान थिएन रमेश दगं पर्यो निकै समय पो वितेछ त ! उसलाइ पटक्कै निद लागेन धेरै सोच्यो कविताको बारेमा काहाँ होली के गर्दै होली यस्तै सोची रहदा उस्लाई अगिको नम्बर याद आयो अनि मोवाइल उठाएर फोन गर्यो । फोन उठ्यो ।

‘हेलो ’उताबाट आवाज आयो । केटी नै हो सुनी रह्यो आवाज फेरि पनि उतैबाट आवाज आयो, ‘मलाई थाहा थियो फोन आउछ भन्ने तर यति ढिला आउला भन्ने थिएन भोली भेट्ने भनेको छु त ल भोली भेट्ने वाइ ८ बजे ।’

कल काटीयो रमेश अवाक भयो के हो यो फेरि यती राती मेरै फोन हो भन्ने थाहा कसरी भो रमेश सोच्दा सोच्दै कति बेला निदाएछ विहान उस्को टाउको भारी थियो ऊ फ्रेस हुन सकेन । अफिस गयो । मनमा कुरा खेलीरह्यो सबैका अनुहार पढ्यो शंका गर्ने जस्तो कोही थिएन । उसलाई धेरै छटपटी भएर फेरि कल गर्याे फोन उठ्यो ।

‘म विजि छु है अहिले पछि बोलौला भरे भेट्ने कुरा छ त किन तनाव लिनु भा म हजुरकै आफ्रनै मान्छे हो भेटे पछि चिन्नु हुन्छ । ’ फोन काटीयो ।

उस्लाइ कुनै आइडिया आएन सबै कुरा विर्सन कोसिस गर्याे तर सकीरहेको थिएन सोच्यो होस जान्न जो सुकै होस २/४ दिनमा थाह होला । ५ बज्यो सबै जना घर गएछन रमेश एक्लै थियो ढोका नक भो, को होला ? त्यै रिसेप्स्नीस्ट ‘सर ! घर जाउ ?’ ठाडो जवाफ दिएर पठाइदियो फेरि के गर्ने निर्णय लिन सकेन र अन्तत नभेट्ने निर्णय गरेर अफिसबाट निस्कियो घर पुग्यो फ्रेस भयो कफी खायो । यसै बसीराखेको थियो फेरि मोबइल बज्यो ।

‘के छ सन्चै हुनु हुन्छ नआउने योजना त छैन नि ?’ रमेश केही बोलेन मेरो मन को कुरा कसरी थाहा भो ? ‘आउछु ’ अलिक अकमक हुदै जवाफ दियो । ‘ओके देन आठ बजे वाइ । ’

रमेश गह्रौ मन ले तयार भएर बार तिर गयो त्यहा एताउता हेर्यो कोही उस्तो लाग्दैन चिनेको जस्तो कोही थिएन सधै आउने बार पनि नौलो थियो । रमेश टोलाइरहदा कल आयो ‘टेवल न.ं २२ मा आउनुस ।

’रमेश नजिक पुग्दा सुन्दर अति नै सुन्दर परी जस्ती रातो ड्रेसमा एउटी सुन्दरी थिइन त्याहाँ चिनेको नजानेको हाई हेल्लो सामान्य परिचयपछि स्न्याक मागीयो । सुरु भो गफ फेसबुकमा देखेको धेरै मन पर्याे ।

केटीले तारीफ गर्न केही बाँकी राखिनँ रमेश पनि सुरुमा कम नै थियो जब नसा चढ्दै गयो अनि बोल्ल थाल्यो । रमेश झन के कम तारीफ गर्न कुनै कसर छाडेन उस्को अनुभव आज आएर काम लागे जस्तो लाग्यो उस्लाइ । एकैछिनमा त्यो जोडी वर्षौ पूरानो मित्रतामा बदलियो बसाइ निकै लामो भो बार बन्द हुन लायो अब कता जाने दुवैका आँखा निरुत्तरित थिए ।

केटी बोली मेरो रुम खाली त छ तर घरबेटी ले थाहा पाउन चै हुदैन । केटीले बारको विल पे गरी दुबै निस्के गाडी सहरको बाहीर सानो गाउँ तर्फ मोडियो गाउँको छेउमा सानो घर ठूलो बगैचा विस्तारै गाडी रोकेर दुबै जना भित्र पसे केटी एक गिलास पानी ल्याइदिइ पानी पिएको रमेश गहीरो निद्रामा पर्यो ।

ऊ बिउँझिदा घाम डाडामा थिए विस्तारा नयाँ ठाउ नयाँ ऊ अलमल पर्याै र विस्तारै बाहिर निस्कीयो भित्ता भरी अनौठा तस्वीर थिए सबै पुरस्कार र सम्मानका मात्र रमेश दगं पर्दै हेर्दै जादा एउटा यस्तो दुर्लभ तस्वीर जुन देखेर रमेश छागा बाट खस्यो । ला…मैले के गरे कविता ? खै कविता अनि कसरी यहाँ ?

‘गुड मर्निङ ड्याड उहाँ मेरी आमा हुनुहुन्छ । हो कविता मेरी आमा हो । हजुरले उहाको योगदानको मूल्य त दिन सक्नु हुन्न बुबा तर आज तपाईको वीर्यको मूल्य बताउनु होस जुन आज मैले तिरेर तपाईको नामबाट छुटकारा लिन चाहान्छु । कति हो तपाईको वीर्यको मूल्य ?’

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…