Logo मंसिर ९, २०७७ मंगलबार


तपाईँको यो साता (कात्तिक १६ देखि २२ गतेसम्मको राशिफल)

मेष- बाेली वचनले साथ दिनेछ । ठूलाबडाले आफ्नाे प्रस्तावमा साथ दिनेछन् । नयाँ काममा योजना बन्नेछ । धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम् सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ । मिष्ठान्न भोजनको योग एवम् भोज भतेरमा सहभागी भइनेछ । नयाँ ठाउँको भ्रमण एवम् काममा जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने जग्गा जमिनको विवाद एवम् पैतृक धनसम्पतिमा किचलो तथा आफ्नैसँग मनमुटाव रहनेछ ।

वृष- प्रशन्नता एवम् खुसियाली बढ्नेछ । साथीभाइ भेटघाटमा रमाइलो हुनेछ । मनोरञ्जनमा खर्च बढ्नाले सञ्चित धन कम हुनेछ । सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । सन्ततिको स्वास्थ्यमा भने समस्या एवम पेटको गडबडी हुुनेछ । साताको अन्त्यमा भने सानो यात्राको तय हुने एवम् नयाँ मित्रसँग पहिचान बढ्नेछ ।

मिथुन- सामाजिक व्यस्तताले शारीरिक थकान बढ्नेछ । हृदय सम्बन्धी रोग एवम् पेटको समस्याले सताउनेछ । घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ । काममा आलोचना मिल्नाले तनाव बढ्न सक्नेछ । साताको मध्यमा भने धार्मिक रुचि बढ्ने एवम् ठूलाबडाको सहयोग मिल्नेछ । पुरानो अड्केको काम सुचारु हुने एवं फाइदा आउन थाल्नेछ । आफन्त जनसँग भेटघाट एवम् मिठो भोजनको सुख मिल्नेछ । नयाँ काममा योजना एवम् धनसम्पतिको कारोबारमा सामान्य सन्तुष्टि मिल्नेछ ।

कर्कट- नोकरी रोजगारीमा नयाँ जिमेवारी थपिनेछ । व्यवसायमा साझेदारी योजना प्रारम्भ हुनेछ । साथीभाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । धन सम्पतिको जोहो हुने तर विद्यामा भने कमजोर योग रहेको छ । साताको मध्यमा भने अनावश्यक खर्च बढ्ने एवम् सर सामान नोक्सानी हुन सक्नेछ । काममा व्यवधान आउनाले लागत बढ्नेछ । साताको अन्त्यमा भने भ्रमणको योग बन्ने, पारिवारिक भेटघाट रहने एवम् अधुरा काम शुरु हुने देखिन्छ ।

सिंह- नोकरी रोजगारीको अवसर सृजना हुनेछ । सामाजिक सम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवम् सामाजिक काममा पहिचान मिल्नेछ । साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ । साताको अन्त्यमा भने व्यर्थ परिश्रम हुने एवम् अरुको लागि समय खर्च हुनेछ । यात्रामा सरसामान हराउन सक्ने एवं सवारी साधनले दुःख दिनेछ ।

कन्या- यात्राको मजा मिल्नेछ । साथीभाइसँगको रमाइलोमा धनको व्यय हुनेछ । आफन्तबाट आर्थिक भरथेग हुनेछ । मित्रताले राम्रै साथ दिनेछ । सामाजिक काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । साताको मध्यमा भने सरकारी क्षेत्रमा पहुँच बढ्ने एवम् ठूलाबडाको साथ राम्रै मिल्नेछ । शारीरिक चोटपटकको भय एवम परिवारमा खटपट हुन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायमा सफलता, काममा प्रगति एवम साथीभाइको सहयोगले पुरानो काम बन्नेछ ।

तुला- सामान्य कुरामा वादविवाद हुनेछ । मित्रतामा समस्या आउनेछ । आर्थिक लेनदेनमा वैमनस्यता हुनेछ । स्वास्थ्यमा तलमाथि हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । साताको मध्यमा भने वैदेशिक यात्रामा सफलता, धार्मिक यात्रा हुने एवम् सामाजिक क्षेत्रमा योगदान रहनेछ । यात्रामा सामान्य चोटपटक एवम् अनावश्यक खर्च आइपर्ने देखिन्छ । साताको अन्त्यमा भने रोजगारको बाटो खुल्ने एवम् प्रशन्नता बढ्नेछ ।

वृश्चिक- साझेदारी लगानीको योजना बन्नेछ । प्रेममा खुसियाली मिल्नेछ । वैवाहिक कुराले चर्चा पाउनेछ । पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुसियाली बढ्ने एवम् प्रेममा प्रगति हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने एवम् अचानक काम रोकिनेछ । गुप्त शत्रुको भय रहनेछ । साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम् ठूलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम् काममा प्रगति हुनेछ । व्यक्तिगत कामम प्रशंसा मिल्ने एवं क्षमताको कदर मिल्नेछ ।

धनु- चिसोको असरले स्वास्थ्यमा समस्या हुनेछ । मित्रतामा समस्या आउनेछ । घरायसी विवाद बढ्नेछ । पारिवारिक वादविवादमा तनाव आउनेछ । प्रतिस्पर्धा एवं वादविवादमा रहन्छ । स्वास्थ्यमा सुधार आउनाले चिन्ता कम हुनेछ । साताको मध्यमा भने सानो यात्रा हुने एवम् आफन्तजन भेटघाट रहनेछ । पारिवारिक साथ मिल्ने एवम नयाँ साथी भेट हुनेछ । साताको अन्त्यमा भने काममा अपजस मिल्ने, नजिकबाट धोका तथा मनमा अशान्ति बढ्नाले काम अधुरो रहनेछ ।

मकर- व्यवसायमा आम्दामी बढ्नेछ । शैक्षिक गतिविधि र अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट सहयोग हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवम् सन्तानले खुशी दिनेछन् । मुद्दामामिला किनारा लाग्ने तथा विरोधीहरुको भय हट्नेछ । स्वास्थ्यमा प्रगति हुनाले यात्राको योग बन्नेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवम् नयाँ यात्राको योग बन्नेछ । प्रेममा मिठो सम्बन्ध सुधार हुुनेछ ।

कुम्भ- धनको विवाद हुनेछ । पारिवारिक सरसल्लाह नमिल्नाले मानसिक अशान्ति हुनेछ । घरायसी समस्यामा अल्झिनु पर्नेछ । सरसल्लाह नमिल्नाले आँटेको काममा बाधा आउनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुने, सोचेको कुरामा लाभ हुने एवम मनोरञ्जनमा दिन बित्नेछ । साताको अन्त्यमा भने खेलकुद तथा प्रतिस्पर्धामा प्रतिष्ठा कायम हुनेछ । सहयोगीको सहयोगले बेलैमा आँटेको काम पूरा हुनेछ ।

मीन- वैदेशिक सहयोग मिल्नेछ । आफन्तको धनको सहयोगले महत्वपूर्ण पूरानो लेनदेन मिल्नेछ । दौडधुप एवम् व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ । साताको मध्यमा भने आफन्तसँग झैँझमेला एवम स्त्री पक्षसँग मनमुटाव रहनेछ । अशान्ति एवम् तनाव बढ्नाले स्वास्थ्यमा गडबड हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवम् व्यवसायमा सन्तोष मिल्नेछ । कला क्षमताको कदर मिल्नाले प्रशंसाको पात्र भइनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।