Logo मंसिर ९, २०७७ मंगलबार


स्थानीयकाे विराेधपछि काेराेना संक्रमितकाे शव गाडिएकाे स्थान सिल

सांकेतिक तस्बिर

काठमाडाैं । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीको रोहभरमा कब्रस्तान सिल गरिएको हो ।

बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेको थियो । त्यसपछि कोरोना संक्रमतिको शव मानव बस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बीच छलफल गर्दा पनि कुनै निष्कर्ष नआएपछि अर्को निर्णय नभएसम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो ।

मानव बस्तीसँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा ताला समेत लगाएका छन् । यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन । दुवै मिर्गौलाले काम गर्न छाेडेपछि शुक्रवार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ । तर आन्दोलनरत पक्षले भने धनगढीमा रहेको कब्रस्तान सधैका लागि बन्द हुनुपर्ने माग गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेका थिए । मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् । उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।