Logo मंसिर ११, २०७७ बिहीबार


मेलम्ची खानेपानी निर्धारित समयमा आएन, नयाँ कार्यतालिका तोकियो

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि पुनः नयाँ कार्यतालिका तयार गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिका अनुसार सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सक्ने छ । आयोजनाको काम गर्दा बाधा नआए आगामी वैशाख २ गते सम्म सबै निर्माणको काम सकाउने सरकारको योजना छ ।

अहिले अम्बाथानको अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम भइरहेको आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँले अहिले सबै खालका मेडिकल प्रोटोकल पालना गरेर अडिट टनेललाई थुन्ने सहित हेडवर्क्स निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।

आगामी चैत्र भित्र काम सक्ने भनिए पनि कोरोनाको कारण सो अवधिमा पनि काम सक्ने संभावना नरहेको आयोजनाका अधिकारीहरुको भनाई छ । ०६४ सालमै सक्ने गरी थालिएको मेलम्ची आयोजनाको म्याद पटक–पटक थपिँदै आएको छ ।

०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…