Logo बैशाख २, २०७८ बिहीबार


चिनियाँ सेनाले जाडोमा पनि लद्दाख नछाड्न गर्दैछ यस्तो तयारी

काठमाडौं । चिनियाँ सेनाले यस बर्षको चिसो मौसममा पनि भारत–चीन सीमाक्षेत्र लद्दाख नछाड्ने भएको छ ।

यसअघि गर्मी मौसममा तैनाथ हुने र चिसो मौसममा त्यहाँबाट जाने गरेका चिनियाँ सैनिकले यस वर्ष लद्दाख नछाड्ने भएका हुन् । पूर्वी लद्दाखमा भारत र चीनबीच चलिरहेको सैन्य गतिरोधबीच चिसोको मौसममा पनि चिनियाँ सैनिक तैनाथ भइरहने भएका हुन् ।

चिनियाँ रक्षा मन्त्रालयले आफ्ना सैनिक जवानलाई अत्यधिक चिसोबाट बच्नका लागि आधुनिक उपकरण समेत उपलब्ध गएको जनाएको छ । सैनिक जवानलाई बस्नका लागि नयाँ ‘डिस्माउन्टेबल सेल्फ एनर्जाइज्ड इन्सुलेटिड क्याबिन’ उपलब्ध गराइएको चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल वु क्वानले बताएका छन् ।

५ हजार मिटरको उचाइमा माइनस ४० डिग्री तापमान भएको क्षेत्रमा यो आधुनिक क्याबिनभित्रको तापमान अधिकतम १४ डिग्रीसम्म कायम राख्न सकिने उनले बताएका छन ।

चिनियाँ सेनाले महत्वपूर्ण चौकीमा तैनाथ जवानलाई ड्रोन विमानका माध्यमबाट ताता फलफूल र सागसब्जी उपलब्ध गराउने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…