Logo मंसिर ९, २०७७ मंगलबार


एनसेलको अफ नेट र अन नेट कल शुल्क घट्यो

काठामाडौं । एनसेलले इन्डलेस कुराकानी प्लस अफर अन्तर्गत अफ नेट र अन नेट कल शुल्क घटाएको छ । चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको हो ।

‘प्लस’थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफर कार्तिक ५ गतेबाटै शुरु भइसकेका जानकारी दिंदै एनसेलले आकर्षक सुविधा थपेको जनाएको हो । अफर अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र १ रुपैयाँ २८ पैसामा कुरा गर्न सक्नेछन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कलगर्दा २ रुपैयाँ ५४ पैसा प्रतिमिनेट शुल्क लाग्ने एनसेलले जनाएको छ ।

यसका साथै एनसेलले योजनाअन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कलशुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्नेछन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान २ रुपैयाँ ५४ पैसा प्रतिमिनेट शुल्क लाग्ने एनसेलले जनाएको छ ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।