भूकम्पबाट २६ जनाको मृत्यु

एजेन्सी । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २६ पुगेकोे छ ।
भुकम्पमा ८ सय भन्दा बढी व्यक्ति घाइते भएको विविसीले जनाएको छ । टर्कीमा हिजो ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पमा परी टर्कीमा २४ र ग्रिसमा २ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजियन सागरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पु¥याएको छ ।
भत्किएका भवनभित्र अझै धेरै मानिस फसेको अनुमान अधिकारीहरुले गरेका छन् ।
भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामी समेत आएको थियो। भूकम्पपछि टर्कीमा सानाठूला एक सय ९६ वटा पराकम्प गएको बताइएको छ ।