Logo मंसिर ९, २०७७ मंगलबार


५५ किलो बँदेलको मासुसहित तीन जना पक्राउ

सन्नीउल्ला धोबी
कपिलवस्तु । बाणगंगा नगरपालिका– १० स्थिति पटनाको ढेकही भन्ने स्थानबाट ५५ किलो बँदेलको मासुसहित ३ती जना पक्राउ परेका छन् । बदेल काटेर दुई मोटरसाईलमा  बोरामा राखेर बिक्रीका लागि लैजाने क्रममा प्रहरीले उनीहरुलाई प्रकाउ गरेकाे हो ।

शुक्रवार प्रकाउ परेका सुद्धोदन गाउपालिकाको हरनामपुरका हरिप्रसाद थारु र श्रवण कुमार चौधरी तथा बाणगंगा नगरपालिका– ११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी मदनमोहन स्यान्डील्यले बताउनुभयाे ।

सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासुसहित उनीहरुलाई पक्राउ गरी डिभिजन वन कार्यालय पिपरा पठाएको थियो । पक्राउ परेकाहरुले आफूहरुले सो बदेल भारतीय ब्यापारीबाट चाकरचौडामा ७ हजार भारतीय रुपैयाँमा किनेर ल्याएको दाबी गरेका छन् ।

प्रकाउ परेकाहरुमाथि वन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाईएको स्यान्डिल्यकाे भनाइ छ । अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानूनी प्रावधान छ । बरामद गरिएको मासु स्थानीयबासी र पत्रकारको रोहोवरमा डिभिजन वन कार्यालयमा गाडेर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।