Logo मंसिर ११, २०७७ बिहीबार


थप २,५०८जनामा कोरोना संक्रमण पुष्टि, २,२६४जना कोरोनामुक्त

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना सहित देशभर २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा संक्रमित हुनेहरुमा काठमाडौंका १ हजार १ सय १३, भक्तपुरका ४९ र ललितपुरका १ सय ९५ रहेका छन । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने हालसम्म ३८ हजार ५ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरानामुक्त हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।

देशभर ७१ जनाको भेन्टिलेटर र ३०० जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ पीसीआर परीक्षण भएसँगै हालसम्म १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षणहरु गरिएको छ । मुलुकभर २ हजार ४ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयल जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…