Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपा विवाद सचिवालय बैठकबाट टुंगो लगाइने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाइने भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा छलफल गर्ने निष्कर्ष निकालिएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको हो ।

छलफलमा मुख्यतयः कर्णालीको विषय, भारतीय ’रअ’ प्रमुख सामन्त गोयलको नेपाल आगमन र प्रधानमन्त्रीसँग भेटवार्ताको विषयमा साथै पर्सा घटना र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको जनाइएको छ । सचिवालय बैठकमा विवाद छलफल गर्न दुवै अध्यक्ष सहमत भए पनि सचिवालय बैठक बोलाउने मिति भने तोकिएको छैन ।

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…