Logo मंसिर ११, २०७७ बिहीबार


८० करोड बराबरको खसीबोका र च्यांग्रा खपत

काठमाडौं । यस वर्षको दशैंमा उपत्यकामा करीब ८० करोड बराबरको खसीबोका र च्यांग्रा खपत भएको छ । दशैंमा उपत्यकामा ७९ करोड ६४ लाख रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा खपत भएको चौपाया व्यवसायी संघ कलंकीले जनाएको हो ।

खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ निर्धारण गरिए पनि अन्तिममा ८ सय रुपैयाँ सम्ममा बिक्री भएको संघले जनाएको छ । प्रतिकिलो औसत ७ सय रुपैयाँले हिसाब गर्दा कलंकीबाट मात्रै ६८ करोड ६० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ ।

कलंकी बाहेक अन्य ठाउँबाट पनि छिटफुट रूपमा खसीबोका बिक्री गरिन्छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय ९ वटा खसीबोका बिक्री गरेको छ । कलंकीबाटै २५ सय वटा च्यांग्रा बिक्री भएको संघका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

यस्तै, प्रतिकिलो १ हजार रुपैयाँका दरले ८ करोड ७५ लाख रुपैयाँको च्यांग्रा बिक्री भएको उहाँले बताउनुभयो । व्यवसायीले दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट खसीबोका खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…