Logo मंसिर ११, २०७७ बिहीबार


लिभरपुलले वेस्ट ह्याम युनाईटेडसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आज वेस्ट ह्याम युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्यामसँग नेपाली समय अनुसार राति सवा ११ बजे पछि प्रतिस्पर्धा गर्न लागेको हो ।

घरेलु मैदानमा लिभरपुल जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । लिभरपुल ६ खेलमा १३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । वेस्ट–ह्याम पनि लिभरपुललाई हराएर अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।

वेस्ट ह्याम ८ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ । यस्तै, लिग अन्तर्गत नै आजै म्यानचेस्टर सिटीले सेफिल्ड युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । सिटीले सेफिल्डसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । सिटी ६ खेलमा ८ अंक जोडेर तालिकाको १३ औं स्थानमा रहेको छ । सेफिल्डलाई हराएर सिटी अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै चेल्सीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ ।बर्नलीलाई हराएर चेल्सी पनि अंक तालिका सुधार गर्न चाहन्छ । चेल्सी ६ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ । १ अंक जोडेको बर्नली १८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…