दाङमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तुलसीपुर–१८ का ७० वर्षीय वृद्धको शनिबार मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट शनिबार नै आएको बताइएको छ । उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । कात्तिक १४ गते पीसीआर परीक्षण गरिएकोमा शनिबार रिपोर्ट आएको अस्पतालले जनाएको छ ।