फ्रान्समा पादरीमाथि गोली प्रहार गर्ने एक पक्राउ

फ्रान्स । यहाँ पुन आक्रमण भएको छ । बन्दुक आक्रमणमा परि एक पादरी घाइते भएका छन् । पुलिस स्रोतलाई हमला गर्दे गोलाबारी गर्ने आक्रमणकारी घटनास्थबाट फरार भएको र पछि प्रत्यक्षदर्शीको बयानका आधारमा एक संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
फ्रान्सेली गृह मन्त्रालयले घटनाको विषयमा ट्वीट गरे पनि कारबाही के भइरहेको भन्ने बारे जानकारी नभएको बताएकाे छ ।
सुरक्षा बलहरु लियोनको ‘सातौं अरान्डिसमोन’ मा रहेको र मानिसलाई त्यस क्षेत्रमा जानबाट टाढा रहन आग्रह गरिएको छ । पादरीहरुले चर्च बन्द गरिरहेका बेला आक्रमण भएको हाे । घाइते पादरीलाई घातक चोटपटक लागेकाले अवस्था गम्भीर रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।एजेन्सी