Logo बैशाख २, २०७८ बिहीबार


वडाध्यक्षले बनाए कार्यालयमै बुबाको सालिक

मकवानपुर । यहाँका थाहा नगरपालिका–११ का वडाध्यक्षले कार्यालयमा बुबाको सालिक बनाएका छन् । वडाध्यक्ष किरणमान बलले वडाकार्यालयमै बुबा अष्टमान बलको सालिक बनाएका हुन् ।

पूर्वजनप्रतिनिधि समेत रहनुभएका अष्टमानको योगदानको कदर गर्दै ११ लाख लागतमा सालिक निर्माण गरिएको हाे । नगरपालिकाकाे ११ र १२ वडाले संयुक्त रुपमा प्रस्ताव पेस गरेको करिब एक वर्षपछि सालिक निर्माणकाे काम सम्पन्न भएकाे छ ।

अष्टमान जनपक्षीय प्रधानपञ्च तथा तत्कालीन टिष्टुङ गाउँ विकास समितिका अध्यक्षसमेत रहेको नगरपालिका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । उहाँ २०४३ देखि ४६ सम्म तत्कालीन टिष्टुङ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । बहुदल स्थापनापछि २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्ष निर्वाचित हुनुभएका अष्टमानले आफ्नो ठाउँमा  महत्वपूर्ण योगदान पुर्याउनुभएको अध्यक्ष विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।