जुवा खेलिरहेका पूर्व राज्यमन्त्रीसहित १० जना पक्राउ

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पूर्व राज्यमन्त्री रायसहित १० जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट एक लाख ५३ हजार रुपैयाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०६८ सालमा डा.बाबुराम भट्टराईको पालामा पनि राज्यमन्त्री बनेका थिए ।