Logo बैशाख ६, २०७८ सोमबार


कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार गरिदै

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

कोरोना संक्रमण र निमोनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आइसियुमा रहनुभएका विश्वकर्मालाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको हो। उहाँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको विश्वकर्माका सहयोगी आकाश उप्रेतीले जानकारी दिनुभयो । नेता विश्वकर्माको अवस्था गम्भीर रहेको उप्रेतीले बताउनुभयो ।

निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएको भन्ने जानकारी डाक्टरले गराएको उहाँको भनाइ छ ।

‘उहाँको फोक्सोभित्र कोरोना भाइरस छ। त्यसलाई उहाँको शरीरको इम्युनिटी प्रणालीले कसरी हटाउन सक्छ। बिग्रेको फोक्सो कसरी सुधार हुन्छ त्यसमा नै उहाँको स्वास्थ्य निर्भर रहन्छ,’ उप्रेतीले भन्नुभयो ।

फोक्सोबाहेक अरू समस्या भने नरहेको डाक्टरहरूले बताएको उहाँले जानकारी दिनुभयो ।

गत कात्तिक १ गते विश्वकर्मालाई कोरोना देखिएको थियो।

विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उहाँको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ।

विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आग्रह गरेको थियो।

कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई शनिबार टेलिफोन गरी विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…