Logo बैशाख २, २०७८ बिहीबार


मन्त्री रावलद्वारा सामाजिक सञ्जालबाटै पद छोड्ने संकेत

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूले मन्त्री पद छोड्न लागेको संकेत गर्नुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जाल मार्फत् मन्त्री रावलले आफू पदमा नरहन सक्ने संकेत गर्नुभएको हो ।

आइतबार बिहान रावलले आफू मन्त्रालयबाट बाहिरिन लागेको संकेत गर्नुभएको हो । रावलले स्टाटसमा लेख्नुभएको छ, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु-याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’ तर रावलले लेखेकाे याे स्टाटस अहिले भने हटाइ सक्नुभएकाे छ ।

रावलले शनिवार साँझ मुख्यमन्त्री शाहीले आफ्नो र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा मागेको बताउनु भएको छ । मुख्यमन्त्रीले राजीनामा मागे पनि उनले हटाए हट्ने तर पदबाट भने राजीनामा नदिने रावल र बुढाको योजना छ । स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्रिद्वयलाई राजीनामा नदिन सल्लाह दिनुभएकाे छ ।

मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने सहमति जनाए अनुरुप नै मन्त्रिपरिषद पुनर्गठनको तयारी गर्नुभएको हो ।  यस्तो सहमतिसँगै नेपाल समूहले नयाँ  मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।