Logo बैशाख ६, २०७८ सोमबार


मुख्यमन्त्री शाही दोधारमा, सबै मन्त्री फेर्ने कि ३ जना मात्रै ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनर्गठनको तयार गरे पनि प्रदेश सरकारका सबै मन्त्री हटाएर सबै नयाँ नियुक्त गर्ने कि ३ जना मात्रै थप्ने भन्नेबारे दोधारमा देखिनु भएको छ । आइतबार आफूले सम्हालिरहेको भौतिक योजना तथा निर्माण मन्त्रालयसहित मन्त्रीहरु दल रावल र नन्दसिंह बुढालाई हटाएर ३ नयाँ मन्त्री थप्ने उहाँको तयारी थियो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुलाई मन्त्री बनाउने शाहीको योजना छ । मन्त्रिपरिषद् पुनर्गठनका लागि आइतबार अन्तिम तयारी गरिएको भएपनि दुईमध्ये कुन विकल्प रोज्ने भन्नेमा मुख्यमन्त्री नै दोधारमा परेपछि आजलाई हुने भनिएको पुनर्गठन केही दिन सर्ने देखिएको छ ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको सवालमा नेकपाका केन्द्रीय नेताहरुले पनि चासो देखाएका कारण पुनर्गठनको काम केही लम्बिने भएको हो । मुख्यमन्त्री शाही आफै पनि सरकार सञ्चालनमा भविष्यमा अफ्ठ्यारो नपरोस् भन्ने कोणबाट मन्त्रिपरिषदको पुनर्गठन चाहन्छन ।

पूर्व माओवादी निकट कर्णाली प्रदेशका नेतासमेत रहेका नेकपाका एक केन्द्रीय सदस्यका अनुसार ३ जना मात्रै मन्त्री थप्दा मुगुबाट निर्वाचित चन्द्र बहादुर शाही, जाजरकोटबाट निर्वाचित करबीर शाही र दैलेखबाट निर्वाचित अम्बर बहादुर थापा रहनेछन । तर पछिल्लो समय सिंगै मन्त्रिमण्डल नै हेरफेर गनुपर्ने दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…