Logo फाल्गुन १८, २०७७ मंगलबार


शक्तिशाली आँधीका कारण चार जनाको मृत्यु

कठमाडौं । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण ४ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौं मानिस प्रभावित भएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको बेगमा आएको गोनी नामको आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ ।

आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण बन्दरगाह र विमानस्थलहरु बन्द गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । आँधी प्रभावितहरुलाई शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा राखिएको छ । आँधी पश्चिम दक्षिणतर्फ अघि बढेकाले सो स्थानमा उच्च सतर्कता अपनाइएको छ ।

कोरोना संक्रमण बढिरहेका बेला आँधीबाट जोगिन थप सतर्कता अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । एक साताअघि आएको मोलाभ आँधीका कारण २२ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा आएको हैयान आँधीमा परेर ६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।