Logo बैशाख १, २०७८ बुधबार


कोरोना संक्रमण नियन्त्रणमा गम्भीर बन्न यादवको आग्रह

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणतर्फ गम्भीर बन्न आग्रह गर्नुभएको छ । । आइतवार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

विगत लामो समय पाएर पनि संक्रमण नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै उहाँले सरकार अझै पनि गैरजिम्मेवारीपूर्ण रुपमा संविधान र जनस्वास्थ्य विपरित बक्तव्यबाजी गरिरहेको स्पष्ट गर्नुभएको छ ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका नेता यादवले अबको समयमा थप संक्रमण बढ्नसक्ने भन्दै विज्ञहरुद्वारा गरिएको आंकलनलाई पनि नजरअन्दाज नगरी संक्रमण नियन्त्रणमा गम्भीर भएर कार्य गर्न सुझाव पनि दिनुभएको छ ।

उहाँले महामारीका कारण सञ्चार क्षेत्र र श्रमजिवी सञ्चारकर्मीहरु पनि बढी प्रभावित रहेकाले सञ्चार क्षेत्र र श्रमजिवी सञ्चारकर्मीहरुका लागि तत्काल अन्तरिम व्यवस्था गरेर सुविधा दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…