बेलायती राजकुमार विलियम्स कोरोना संक्रमित भएको खुलासा

बेलायत । यहाँका राजकुमार कोरोना संक्रमित भएको खुल्न आएको छ । राजकुमार प्रिन्स विलियम्स गएको अप्रिलमानै कोरोना संक्रमित भएका थिए । आफ्ना पिता प्रिन्स अफ वेल्स संक्रमित भएकै समयमा विलियम्स पनि संक्रमित भएको विश्वास गरिएको छ ।
आफू संक्रमित भएको खबरले देशव्यापी रुपमा चिन्ता नबढोस् भनेर गोप्य राखिएको ३८ वर्षे राजकुमारले बताएका छन् भने विलियन्सको अरब तथा केन्जिङ्गटन प्यालेसले पनि यसबारे टिप्पणी गर्न अस्वीकार गरेको बेलायती सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उपचार अवधिभर नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेसनमा बस्नु भएको थियो भने राजदरबारकै डाक्टरलाई उहाँकाे उपचारमा संम्लग्न गराइएको थियो । एजेन्सी