हतियारसहित २ जना पक्राउ

राजन पौडेल
पर्वत । जिल्लामा हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाशिला गाउँपालिका वडा नं. ५ बस्ने ४२ वर्षीय ओम बहादुर मल्ल र सोहि ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर गुरुंङ रहेका छन् ।
उनीहरुको साथबाट भरुवा बन्दुक एक थान ,२ हजार ५ सय ४० ग्राम बारुद र ३ सय २४ ग्राम सिसाकोम छर्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
हातहतियारसहित आइतबार जिल्ला अदालत पर्वतबाट पक्राउ गरिएको र आगामी कात्तिक ८ गते शनिबार देखि लागु हुने गरी दश दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।