जलविद्युत् पत्रकार समाज गठन

कास्की । जिल्लामा जलविद्युत् सम्बन्धी समाचार लेखिरहेका पत्रकारहरुले एक संयुक्त समाज गठन गरेका छन् । यहाँको माछापुच्छ्रे गाउँपालिकाका पत्रकार भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
आइतबार जलविद्युत क्षेत्रमा कलम चलाउँदै आएका देशभरका पत्रकारको राष्ट्रिय भेलाले समिति गठन गरेको बताइएको छ । समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही), महासचिव ज्ञानेन्द्र निरौला (झापा), सचिव कृष्ण दवाडी (कास्की) र कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन हुनुभएको छ ।
समाजको सदस्यमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) रहेका छन् । एक उपाध्यक्ष सहित दुई सदस्य पछि मनोनयन गरिने महासचिव निरौलाले जानकारी दिनुभयो । उपाध्यक्ष पदमा काठमाडौंमा पत्रकारिता गर्दै आएका व्यक्तिलाई मनानयन गरिने उहाँको भनाइ छ ।
भेलाले समाजको सल्लाहकार समिति समेत गठन गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्य पौडेल र राष्ट्रिय समाचार समितिका उपसम्पादक जीवन भण्डारी सल्लाहकार चयन हुनुभएको हो ।
नवगठित समितिलाई शुभकामना दिँदै भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलले जलविद्युत क्षेत्रमा रहेका सम्भावना, समस्या र चुनौतीका बारेमा अब थप सशक्त रुपमा आवाज बुलन्द हुने विश्वास व्यक्त गर्नुभयो ।