Logo बैशाख ६, २०७८ सोमबार


दश पटक बिहे गर्दा पनि असल जीवनसाथी नपाएपछि..

अमेरिका। यी महिलाले दश पटक बिहे गरिसकिन् तर अझै पनि उनी जीवनसाथीको खोजीमा रहेको बताउछिन् । हरेक मानिसको चाहना आफ्नो जीवनसाथी असल होस् भन्ने नै हुन्छ, तर असल जीवनसाथी पाउँन नसकेपछि उनी अझैपनि जीवनसाथीको खोजीमा रहेकी हुन् ।

दश पटकसम्म बिहे गरिसक्दा पनि उनलाई बिहेको संख्याको बारेमा केहि मतलब छैन तर आफ्नो लागि ‘मिस्टर राइट’ को खोजीमा भने  उनी पक्कै लागिपरिहेकी छिन् । परफेक्ट जीवनसाथीको खोजीमा अझै कति बिहे गरिएला यस बारे कुनै चासो नभएको उनी बताउछिन् ।

अमेरिकाको न्युयोर्कमा बस्दै आएकी केइसी नामकी यी महिलाले अमेरिकी सञ्चार माध्यममा आफ्नो यो अनौठो राज खोलेकी हुन् । एक सफल व्यवसायीका रुपमा परिचित यी महिलाले अन्तवार्ताका क्रममा आफ्नो व्यक्तिगत जीवनबारे बताएकी हुन् ।

५६ वर्षीया केइसीले वैवाहिक सम्बन्धको खटपटले आफूलाई खुसी दिन नसकेकाले दशौं पतिलाई पनि डिभोर्स दिएको बताएकी हुन् । पतिसँगको डिभोर्स पछि भने हाल उनी सिंगल रहेको र नयाँ पार्टनरको खोजीमा रहेको बताएकी छिन् ।

१० जना पुरुषसँग बिहे गरिसकेकी केइसीका विवाहमध्ये सबैभन्दा टिकेको विवाह चाहिँ ८ वर्ष थियो । त्यो वैवाहिक सम्बन्ध जीवनभर टिक्ला भन्ने उनको आशा थियो तर साेचेकाे भएन ।

त्यस्तै सबैभन्दा कम समयमै डिभोर्स भएको वैवाहिक सम्बन्ध केवल ६ महिनामै टुटेको थियो । जीवनमा १० पटक बिहे गर्ने क्रममा आफूले निकै धेरै उतारचढाव व्यहोरेको केइसी बताउँछिन् । १० पटक बिहे गर्नु आफ्ना लागि गर्वको विषय नभए तापनि आफू दुःखी पनि नरहेको उनको भनाइ छ । सम्बन्ध अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि डिभोर्सको निर्णय लिइहाल्ने उनको बानी  छ । दश पटकसम्म विवाह गरेकी उनको एउटा छोरा पनि छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।