Logo बैशाख २, २०७८ बिहीबार


महानगरले दियो कान्ति अस्पताललाई पीसीआर मेशिन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेशिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी मेशिन हस्तान्तरण गरिएको हो ।

चीनको नानजिङ शहरबाट प्राप्त दुई मध्ये एक थान मेशिन अस्पताललाई हस्तान्तरण गरिएको हो । नानजिङ र काठमाडौं महानगरको भागिनी सम्बन्ध छ ।मेशिन हस्तान्तरणपछि मेयर शाक्यले जति सक्दो चाँडो मेशिन जडान गरी सेवा शुरु गर्न आग्रह गर्नुभयो । सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ महानगरले आवश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण आएको र यो तेस्रो चरणको कार्यक्रम रहेको उहाँले बताउनुभयो । मेयर शाक्यले उपचाररत बालबालिकालाई राम्रो सेवा दिन आग्रह गर्दै थप सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो ।

कान्ति बालका अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाडाैं महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताउनुभयो । पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परीक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेशिन जोडेपछि त्यो समस्या हट्ने बताउनुभयो ।

कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म दुई जनाले कोरोेनाका कारण ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड-१९ परीक्षणका गर्ने मेशिन सहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामग्रीमध्ये केही सामग्री दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…