Logo बैशाख ५, २०७८ आइतबार


‘मलाई नयाँ पार्टी अध्यक्षको प्रस्ताव आएको छैन’

काठमाडौं । पूर्व मन्त्री एवं नेकपाका नेता प्रदीप नेपालले आफूलाई कसैले नयाँ पार्टीको नेतृत्वको लागि प्रस्ताव नगरेको प्रष्ट पार्नुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लो पटक उत्पन्न विवादले पार्टी फुटको संघारमा पुगेको विश्लेषण भइरहेका बेला राजनीतिमा निस्क्रिय रहनुभएका नेता नेपाललाई प्रधानमन्त्री पक्षीय नेताहरुले नयाँ बन्ने पार्टीको नेतृत्व गर्न प्रस्ताव गरेको विषय हल्ला मात्रै भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु शंकर पोखरेल, डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले उहाँको निवासमै गई भेटेको कुरा सार्वजनिक भइसकेको छ । तर उक्त भेटघाटमा आफूलाई कुनै प्रस्ताव नआएको  नेता नेपालले जनतासमाचारलाई बताउनुभयो ।

पार्टीमा कुनै महत्वपूर्ण भूमिका नरहेको र लगभग निस्क्रिय अवस्थामा रहनुभएका नेता नेपाललाई प्रधानमन्त्री पक्षीय नेताहरु उहाँकै निवासमा गएर भेटघाट गरेको विषयलाई भने अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।