Logo बैशाख ६, २०७८ सोमबार


राष्ट्रियसभाका अध्यक्षद्धारा पदमार्ग अवलोकन

राजन पौडेल
पर्वत । जिल्लामा बन्दै गरेको पदमार्गको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवलोकन गर्नुभएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २ वर्षअघि निर्माणको काम थालिएको नयाँपुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानीसम्म पुग्ने पदमार्गको अध्यक्ष तिमिल्सिनाले अवलोकन गर्नुभएको हो ।

मोदी गाउँपालिकामा पर्ने रमणीय स्थल भमरकोट जङ्गलमै  एक रात बास बसी पदमार्गको अवलोकनका साथै प्रचार प्रसार गर्न तिमिल्सिना संगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी र प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी लगायतको टोलीले ३१ सय मिटर उचाईमा रहेको माटेसम्म अवलोकन गरेको हो ।

नयाँपुलदेखि देउपुर हुँदै भमरकोट सम्मको दूरी २८ किमी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट २ वर्षअघि निर्माण कार्य अगाडी बढेको थियो । गत आवमा संघ सरकारको समेत १० लाख रुपैयाँ बजेट पदमार्गमा खर्च भएको छ ।

सम्पन्न भएको १७ किलोमिटर पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक सम्वृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताउनुभयो ।

त्यसैगरी, भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडक को सम्भावना धेरै कम भएकाले राम्रो पर्यटकीय गन्तब्य बन्न सक्ने  पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।