Logo बैशाख २, २०७८ बिहीबार


के हो घरबाट बाहिर निस्कन र भीडभाडमा जान डराउने रोग ?

-रीता श्रेष्ठ

काठमाडौं । लकडाउन अघिसम्म एउटा निजी कार्यालयमा कार्यरत काठमाडौं मैतिदेवीका रोशन शर्माले लकडाउनकै कारण जागिर गुमाए । लकडाउनको शुरुवातमा त उनी दंग थिए–परिवारसँग समय बिताउन पाउँदा । निजी जागिर फेरि पाइहालिन्छ भन्ने आत्मविश्वास उनमा थियो । तर झण्डै चार महिना लकडाउनमा घरमै बसेका उनमा अचानक केही परिवर्तन देखियो । उनलाई भीडभाड भन्दा एकान्त र एक्लै बस्न मनपर्न थाल्यो ।

बाहिर निस्किन र धेरै मान्छेहरु देख्दा मनमा कता कता डर लागेको जस्तो अनुभव हुन थाल्यो उनलाई । त्यसैले उनले आफ्नो मनको कुरा साथीलाई सुनाए । उनको साथीले उनलाई एगोराफोबिकको समस्या हुनसक्ने भन्दै मनोचिकित्सकको परामर्श लिन सुझाए ।

के हो त एगोराफोबिक ? यसका लक्षणहरु के के देखिन्छन् ?

एगोराफोबिया एक किसिमको एन्जाइटी डिस्अर्डर हो । यो समस्या हुनेहरु प्रायः भीडभाडमा जान डराउछन् । कतिपय अवस्थामा उनीहरु प्यानिक अट्याकको शिकार समेत बन्न सक्छन् । तर यसो भन्दैमा डराइहाल्नुपर्ने अवस्था भने नहुने मनोचिकित्सकहरु बताउछन् । किनभने एगोराफोबिया सामान्य समस्या मात्र हो । कतिपय अवस्थामा यस समस्याबाट ग्रस्त व्यक्ति आफ्नो घरबाट बाहिर निस्कन समेत डराउछन् । उनीहरु सामाजिक जीवनबाट अलग्गै बस्न रुचाउछन् ।

एगोराफोबियाको नकरात्मक असर

एगोराफोबियाबाट ग्रस्त व्यक्तिहरु हम्मेसी घरबाट बाहिर निस्कन रुचाउदैनन् । यसले गर्दा उनीहरुको सामाजिक नाता तोडिने खतरा रहन्छ । यस्तो व्यवहारले उनीहरुलाई दैनिक काम गर्न समेत अप्ठ्यारो बनाइदिन्छ । उनीहरु प्रायः अरुमाथि बढी निर्भर रहन्छन् । घरबाट बाहिर निस्कन मन नलाग्ने भएकोले उनीहरुमा एकांकी स्वभाव बढ्दै जाने हुन्छ । यदि लामो समयसम्म पनि यसप्रति ध्यान गएन वा दिइएन भने यस्तो एकांकीपनबाट उनीहरुमा डिप्रेशन,सोसल एन्जाइटी वा प्यानिक अट्याक जस्ता गम्भीर मानसिक समस्या समेत देखिन सक्ने खतरा रहन्छ ।

एगोराफोबियाका लक्षणहरु

१. घर वा कोठाबाट बाहिर निस्कन हिचकिचाउनु ।

२. भीडभाडमा जान डराउनु ।

३. अलि धेरै मान्छे हुने ठाउँमा जान मन नपराउनु ।

४. सार्वजनिक यातायात चढ्न डराउनु ।

यस्ता व्यक्तिहरु बाहिर जाने भन्ने शब्द सुनेर नै आत्तिन्छन् । त्यसैले उनीहरुले विभिन्न वहाना बनाउछन् ।

यस्ता व्यक्तिहरुमा शारीरिक समस्या र लक्षण पनि देखिन्छन् : 

१.मुटुको धड्कन बढ्ने ।

२. हातखुट्टा काम्ने,धेरै पसीना आउने ।

३.मुख सुक्ने ।

४ छाती वा टाउको दुख्ने ।

५. पेठमा गाँठो परेको महसुस हुने । शरीर झमझम भएको अनुभव हुने ।

६. सासको गति बढ्ने ।

बच्ने उपाय

अहिले जातततै कोरोना भाइरसको संक्रमणको आतंक छ । केही गरेर संक्रमित भैहाले कम्तीमा २ हप्ताका लागि आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य मापदण्ड बनाइएको छ । यसरी आइसोलेसनमा बस्नेहरु पनि एगोराफोबियाको शिकार बन्न सक्ने खतरा रहन्छ ।

आवश्यकताभन्दा बढी तनाव लिदा यस किसिमका मानसिक समस्या देखिने भएकोले कुनै किसिमको तनाव लिनु हुँदैन । कतिपयलाई वंशानुगत रुपमा पनि यस्तो समस्या देखिन्छन् । बढी चिन्ता लिने र डराउने व्यक्तिमा यो समस्या बढी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।