Logo माघ १२, २०७७ सोमबार


अन्तरराष्ट्रिय फुटबल रंगशालाकाे निर्माणमा तीव्रता

गुल्मी । इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रंगशालाको निर्माण शुरु भएको छ ।
गत वर्ष सामान्य रुपमा शुरु भएको रंगशालाको काम यस वर्षबाट तीव्र गतिमा भइरहेको हो ।

‘शहीद लखन थापा स्मृति रंगशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्मार्फत रंगशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रंगशाला निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा उपभोक्तामार्फत १८ लाख र आव २०७५/०७६ मा दुई करोड ८० लाख खर्च भएको छ ।

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कूल १०५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । रंगशालालाई मदन भण्डारी राजमार्गले छोएको छ ।

रंगशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन् । गाउँमै अन्तरराष्ट्रिय रंगशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…