Logo बैशाख २, २०७८ बिहीबार


यी हुन् अमेरिकाको निर्वाचनका रोचक पक्ष

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलवार निर्वाचन शुरु भएको छ । अमेरिकाको निर्वाचन यसपटक विभिन्न कारणले अझ बढी चर्चामा रहेका छन् । यसले गर्दा विश्वको ध्यान यतिखेर अमेरिकातर्फ मोडिरहेको छ ।

यसपटकको अमेरिकी निर्वाचन इतिहासकै विभाजनकारी निर्वाचन :

अमेरिकामा मंगलवार भैरहेको २०२० को राष्ट्रपतीय निर्वाचन इतिहासकै सबैभन्दा विभाजनकारी निर्वाचनको रुपमा रहेको छ । यस वर्ष अमेरिकामा चर्केको रंगभेदी आन्दोलनका कारण विभाजनकारी निर्वाचनका रुपमा हेरिएको हो । यस वर्षको शुरुमै जर्ज फ्लायड नामक एकजना अश्वेत नागरिकको प्रहरी हिरासतमा निधन भएपछि अमेरिकामा हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा धेरै तोडफोड र क्षति भएको थियो । प्रदर्शनबाट चिन्तित भएकाहरुले चुनाव अघि भारी संख्यामा हतियार किनेका थिए ।

अमेरिकामा महिनौं चल्छ चुनावी प्रचार

अमेरिकामा गत जुलाइमा उम्मेदवारको चयन भएसँगै चुनावी प्रचार प्रसार भएको थियो । प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवारहरुले विभिन्न राज्यमा पुगेर र्याली गरेर मतदाताहरुलाई आकर्षित गर्ने गर्दछन् । यसबीचमा टेलिभिजन वहस पनि हुन्छन् । उक्त वहस मार्फत राष्ट्रपतिका उम्मेदवारहरुले देशवासी सामू आफ्नो योजना र दृष्टिकोण प्रस्तुत गर्दछन् । यस्ता वहस सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

५० प्रतिशत मतदान हुलाकबाट

अमेरिकामा मंगलवार निर्वाचन भए पनि ५० प्रतिशत मतदान भने यसअघि सम्पन्न भैसकेका छन् । अर्थात अमेरिकामा झण्डै ५० प्रतिशत मतदान निर्वाचनको मूख्य दिन अघि नै हुने गर्दछन् । यहाँका ५० प्रतिशत मतदाताले हुलाकको माध्यमबाट मतदान गर्दछन् । यसपटक अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिक पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेन चुनावी मैदानमा छन् । मतदान नेपाली समय अनुसार बुधवार विहानसम्म जारी रहनेछ ।

यसपटक पाँच मुद्दा प्रमुख छन् :

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा यसपटक पाँच मुद्दा सबैभन्दा प्रमुख रहेका छन् । जसमा कोरोनाविरुद्धको लडाइ,चीनसँगको शितयुद्ध,रंगभेदी भेदभाव,जलवायु परिवर्तन र एचवानबी भिसा लगायतका मुद्दा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।