कांग्रेस नेता विश्वकर्माको होस खुल्याे, काेराेना पनि नेगेटिभ

काठमाडाैं । उपचाररत नेपाली कांग्रेसका नेता मिन विश्वकर्माको होस खुलेको छ । पार्टी केन्द्रीय सदस्यसमेत रहनु भएका विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
परिवारका अनुसार विश्वकर्माले इशाराले चिकित्सकहरुसँग कुरा गर्न थाल्नुभएकाे छ । ५३ वर्षीय नेता विश्वकर्मालाई कात्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि ८ दिनसम्म विश्वकर्मा होम आइसोलेसन बस्नुभएकाे थियाे
आइसोलेसनमा रहँदा विश्वकर्मालाई सास फेर्न असजिलो भएपछि कात्तिक ९ गते वीर अस्पताल लगिएकाे थियो । तीन दिन वीर अस्पतालमै उपचार गरिएपनि स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उहाँलाई ग्राण्डी अस्पताल सारिएको थियो ।