Logo बैशाख १, २०७८ बुधबार


अक्सिजनबिहीन बन्दै अस्पताल, कोरोनाका गम्भीर बिरामी बढ्दै

काठमाडौं । पछिल्लो समय कोरोनाका बिरामीको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण भई सिकिस्त हुनेहरूको संख्या दिनदिनै बढिरहेको हो । कोरोना संक्रमणका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन थालेपनि देशभरका अस्पतालमा बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको कमी हुन थालेको छ । मुलुकका ९ अस्पतालमा बाहेक अन्त अक्सिजन प्लान्ट अभाव हुन थालेको छ ।

चिकित्सकहरुले कोरोना संक्रमितलाई आइसियू, भेन्टिलेटरभन्दा पनि मेडिकल अक्सिजनको आवश्यकता धेरै रहेको बताइरहेका बेला अस्पतालमै अक्सिजन प्लान्टको आवश्यकता बढेको हो । तर, सरकारले नयाँ प्लान्ट थप्नु भन्दा पनि उपलब्ध प्लान्टको पनि मर्मत गर्न सकिरहेको छैन । वीर र पाटन अस्पतालमै प्लान्ट बिग्रेर काम नलाग्ने भएको छ तर सरकारी निकायले त्यसको वास्ता गरेको देखिदैन ।

उपत्यकाभित्र टेकु अस्पताल, वीरेन्द्र सैनिक, अल्का, ग्रान्डी, नर्भिक र शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट रहेको र उपत्यकाबाहिर धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज र चुरेहिल अस्पतालमा प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सिजन प्लान्टबाट पाइपमार्फत बिरामीको शय्यासम्मै अक्सिजन आपूर्ति गर्ने गरिन्छ । देशभरका अस्पतालमा दुई हजार आठ सय ४४ अक्सिजन प्लान्टका सिलिन्डर रहेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

स्वास्थ्य मन्त्रालयले भने अक्सिजन प्लान्ट निर्माणका लागि कर्णाली स्वास्थ्य विज्ञानलाई ६० लाख कोसी, मेची, जनकपुर, नारायणी, सगरमाथा, पाटन अस्पताल, टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, भरतपुर अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पताललाई १०–१० लाख दिइएको भए पनि पठाइएको रकम फ्रिज भएकाले प्लान्टको समस्या देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…