Logo बैशाख ५, २०७८ आइतबार


१३ वर्षीय मन्दिपले गरे बन्जी जम्प

पर्वत । बन्जी जम्प अहिले सबैको रुचीको विषय बनेको छ । तर परिपक्व उमेर भएका मानिस बारीको कान्लोबाट समेत हामफाल्न आङ सिरिङ्ग फुलाउने गर्छन् । अझै पर्वतको कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन् । तर साहस आँट भयो भने जस्तो सुकै उमेरको मानिसले पनि बन्जी खेल्न सक्छन् भन्ने गतिलो उदाहरण कुश्माका १३ वर्षीय बालक मन्दिप क्षेत्रीले दिएका छन् ।

बालक मन्दिप क्षेत्रीले कुस्मा र बाग्लुङको बलेवा जोड्ने विश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गरेका छन् । क्षेत्री विश्वकै दोस्रो बन्जीबाट जम्प गर्ने सबैभन्दा कम उमेरका बालक हुन् । द क्लिफ प्रालिले निर्माण गरेको बन्जी जम्पले अभिभावकको अनुमति र प्रत्यक्ष उपस्थितिमा बालबालिकाकालाई पनि बन्जी र विश्वकै अग्लो स्विङ गर्न दिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

‘सहासिक खेल भएका कारण आँट र दह्रो मुटु बनाउने बालबालिकालाई पनि यो अवसर दिएका छौ’ उहाँले भन्नुभयो ‘त्यसका लागि अभिभावक स्वयं उपस्थित हुनुपर्छ र अनुमति दिनुपर्छ ।’ द क्लिफले विश्वकै अग्लो स्विङ, विश्वकै दोस्रो अग्लो बन्जी नेपालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङलाई कार्तिक १५ देखि व्यबसायिक रुपमा सञ्चालन ल्याएको छ ।

निजी लगानीमा ५ सय २५ मिटर लामो एसियाकै नमुना पुल तथा बन्जी, स्विङ, गुलेली पिङ, स्काई साइक्लिङ, रिर्सोट निर्माणका लागि झण्डै २८ करोड रुपैया खर्च भएको छ । अहिले दैनिक झण्डै ५० जनाले बन्जी र स्विङ गरिरहेका अध्यक्ष कार्कीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।