अमेरिकी निर्वाचन : ९ राज्यको मतगणना सकिँदा बाइडेनकाे अग्रता

काठमाडौं । राष्ट्रपति पदका लागि अमेरिकामा जारी निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ । सबै ५० राज्य मध्ये ९ को मतगणना सकिँदै डेमोक्रेट उम्मेदवार जोजेफ आर. बाइडेन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि बढी देखिएका छन ।
बाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएसँगै बाइडेनको प्रष्ट अग्रता देखिन थालेकाे छ । राष्ट्रपतिमा निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छन् ।
राष्ट्रपति निर्वाचनका लागि यो पटक ‘ब्याटल ग्राउन्ड’ मानिने फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जिया जस्ता राज्यहरुको इलेक्टोरल भोट निर्णायक हुने देखिएको छ ।
यी राज्यमा अग्रता कायम वर्चस्व कायम गर्ने उम्मेद्वारले नै निर्वाचन जित्ने अनुमान गरिएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ । यद्धपी पछिल्लो गणनामा बाइडेनको अग्रता देखिएको छ भने ट्रम्प पछि परेका छन ।
याे पनि पढ्नुहाेस् ।