Logo बैशाख ६, २०७८ सोमबार


नेपालीलाई रुष्ट बनाउने भारतका टेलिभिजन पत्रकार अर्णब गोस्वामी प्रहरी हिरासतमा

काठमाडौं । भारतका विवादस्पद टेलिभिजन पत्रकार अर्णब गोस्वामीलाई प्रहरीले हिरासतमा लिएको छ ।

मुम्बई प्रहरीले बुधवार विहान रिपब्लिक टेलिभिजनका सम्पादक गोस्वामीलाई उनको घरबाटै हिरासतमा लिएका हुन् । उनलाई प्रहरीको भ्यानमा राखेर रायगढ पुलिस स्टेशनमा पुर्याइएको रिपब्लिक टेलिभिजनले पुष्टि गरेको छ । तर प्रहरीले सम्पादक गोस्वामीलाई जबर्जस्ती घरमा पसेर हिरासतमा लिएको टेलिभिजनले आरोप लगाएको छ ।

अर्नब गोस्वामीलाई ५३ वर्षीय इन्टीरियर डिजाइनरलाई कथित रुपमा आत्महत्याका लागि उक्साएको अभियोगमा प्रहरीले हिरासतमा लिएको बताइएको छ । ती इन्टीरियर डिजाइनरले सन् २०१८ मा आत्महत्या गरेका थिए ।

पत्रकार गोस्वामीलाई जबर्जस्ती घरमा घुसेर पक्राउ गरेको र यसबारेमा टेलिभिजनलाई समाचार संकलनमा समेत रोक लगाएको भन्दै रिपब्लिक टेलिभिजनलाई यसलाई महाराष्ट्रमा सरकारले अघोषित संकटकाल लगाएको जिकिर गरेको छ ।

सम्पादक गोस्वामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । कार्यक्रम सञ्चालनको क्रममा आक्रमक र रुखो रुपमा प्रस्तुत हुने उनी बेला बेलामा विवादमा समेत पर्ने गरेका छन् । पछिल्लो समय बलिउडमा नातावाद हाबी भएको भन्ने विषयमा उनले चलाएको श्रृंखलावद्द टेलिभिजन शोलाई लिएर बलिउड रुष्ट बनेको थियो ।

अर्नब गोस्वामीले नेपालले लिपुलेक,लिम्पियाधुरा र कालापानी सहितको नयाँ नक्सा जारी गरे लगत्तै नेपालप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनको उक्त शैलीले नेपाली दर्शकहरु उनीप्रति रुष्ट बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।