Logo बैशाख २, २०७८ बिहीबार


कवाडी गोदाममा आगलागी, लाखौंको क्षति

रामभरोसि यादब
सिरहा । लहान नगरपालिका–३ मा कवाडी गोदाममा आगलागी हुँदा लाखौंको क्षति भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान–३ कुशवाहा चोकमा रहेको कवाडी गोदाममा मंगलबार राति आगलागी हुँदा करिव २५ लाखको क्षति भएको हो ।

कवाडी गोदामसँगै विगत ७ महिनादेखि बन्द रहको मदिरा पसलका संचालकले पसल अगाडि रहेको फोहरमा लगाएको आगो फैलिएर गोदामसम्म पुगेको बताइएको छ । उनी फोहरमा आगो बालेर पसल बन्द गरी घरतिर गएपछि गोदामसम्म पुगेर आगो अनियन्त्रित भएको स्थानीयले बताएको छ ।

आगो नियन्त्रण गर्न लहान, गोलबाजर, सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुण यन्त्र, नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले बताए ।

लहान नगरपालिका–३ निवासी राम नारायण महतो र साबिर मिया दुई जना सञ्चालक रहेका उक्त गोदाममा ६५ लाख भन्दा बढी मूल्यको सामानहरु राखिएको बताएका छन् ।

प्रहरीले भने आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको जनाएको छ । आगो लागेको घटनाबारे अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानका डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।