समृद्धि गाउँघरमै (फोटोफिचर)

काभ्रेपलाञ्चोक । सुख सुविधाको खोजीमा गाउँ छोडेर शहर पस्नेको संख्या दिनानुदिन बढिरहेको छ । तर गाउँमा गरे के हुँदैन भन्ने उदाहरण चौरीदेउराली गाउँपालिकाको विर्ता देउरालीका किसानहरूले प्रस्तुत गरेका छन् ।
जिल्लाकै विकट स्थानमा पर्ने चौरीदेउराली गाउँपालिका अन्तर्गत विर्तादेउरालीका किसानहरुले एउटै मौसममा विभिन्न तरकारी फलाएर गाउँमै समृद्धि भित्र्याइरहेका छन् ।
स्थानीय उत्पादनहरुलाई बजारसम्म लैजानका लागि धेरै स्थानीय तहले गाउँ गाउँमा सडक पुर्याएका छन् तर गाउँका उत्पादन बजार जानुको साटो बजारबाट गाउँमा गइरहेका छन् । यसले गर्दा धेरै किसानका खेत बाँझै रहन थालेका छन् ।
सम्पूर्ण तस्बिरहरु सागर तामाङको फेसबुकबाट साभार