Logo बैशाख १, २०७८ बुधबार


वीर अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । मुलुककै जेठो वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । आफूहरुले पाउँदै आएको सेवासुविधा अस्पतालले कटौती गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

कोभिड–१९ को महामारीको जोखिममा समेत खटेका कर्मचारीलाई प्रोत्साहित गर्नुपर्नेमा अस्पताल प्रशासनले आफैँले दिने घोषणा गरेको जोखिम भत्ता नदिएपछि आन्दोलनमा उत्रनु परेको एक कर्मचारीले बताए । अस्पताल प्रशासनले मासिक तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर जोखिम भत्तासहित मासिक तलब समेत समयमा नपाएको कर्मचारीकाे गुनासाे छ ।

कर्मचारीले अस्पताल परिषरमा बुधबार बिहान १० बजेदेखि ११:३० सम्म धर्ना दिएका थिए । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूकाे भनाइ छ ।

अस्पताल व्यवस्थापकले भने विषेश भत्तासहित मासिक तलब समेत समयमै बुझिरहेको कर्मचारीहरुको आरोप छ । आन्दोलित कर्मचारीले व्यवस्थापन राम्राे नभएका कारण अस्पतालमा सम्पूर्ण सुविधा भएर पनि बिरामीलाई सेवा दिन नसिकरहेकाे बताएका छन् । आन्दोलित एक कर्मचारी भन्छन्, ‘प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भने सबैले राजिनामा दिए हुन्छ ।’ अस्पतालभित्रै योग्य युवाहरु भएको र प्रशासन चलाउन उनीहरुलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

भत्तासहित मासिक तलब समेत नदिएकै कारण अस्पतालका इमरजेन्सी लगायतका केही कर्मचारीले सामूहिक रुपमा राजिनामा दिने तयारी भइरहेको समेत एक कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…