Logo बैशाख २, २०७८ बिहीबार


राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको आरोप, अदालत जाने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले मतगणना जारी रहेको राष्ट्रपतीय चुनावमा धाँधली भएको दाबी गरेका हुन् ।

मतगणना जारी रहेको बेलामा अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै ट्रम्पले आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्। उनले सबै प्रकारको मतदान रोकिनुपर्ने बताएका छन् । यस किसिमको कार्यबाट अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको ट्रम्पको भनाइ छ । मतगणनामा प्रतिस्पर्धी जोजेफ आर.बाइडेनलाई पछ्याइरहेका ट्रम्पले आफूले चुनाव जितिसकेको अवस्था भए पनि अब आफूहरुको लक्ष्य इमानदारीलाई जोगाउनु रहेको जिकिर गरे ।

ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन।

पछिल्लो मत गणनाअनुसार बाइडेन २२७ इलेक्टोरल मत प्राप्त गरेर ट्रम्पभन्दा अघि छन् । ट्रम्पले २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…