Logo बैशाख १, २०७८ बुधबार


बागलुङमा ‘कोरोना महामारी हाम्रो जिम्मेवारी’ सपथ अभियान

बागलुङ । जिल्लामा कोरोना नियन्त्रण प्रभावकारी बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षकअन्तर्गत ६ बुँदाको शपथ खुवाइएर अभियानको शुरुवात गरेको हो ।

उक्त अभियानअन्तर्गत आ–आफ्नो निकाय, वडास्तर, संघसंस्था र कार्यालयस्तरमा एक हप्तासम्म सञ्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो र पर्चापम्लेटबाट व्यापक प्रचारप्रसार गरी कोरोना नियन्त्रणमा सचेतना फैलाउने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकलाई जिम्मेवारी बोध गराउने गरी सपथ खुवाउने अभियानलाई शुरु गरिएको हो । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी, स्थानीयस्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको ६ बुँदे सपथ नाराले कोरोना नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको विश्वास छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको कात्तिक १७ गतेको निर्णयानुसार शपथ खुवाउने अभियान थालिएको हो । जिल्लामा कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुखलाई शपथ खुुवाउने कार्यक्रम रहेको छ ।

कोरोना महामारी हाम्रो जिम्मेवारी अभियान अन्तर्गत म कोरोना भाइरसबाट बच्छु, यदी आफूलाई लागेमा अरुलाई सर्नबाट जोगाउँछु, यसका लागि म जो कोहीसंग भेट्दा माक्स लगाउँछु, जो कोहीबाट दुई मिटरभन्दा पर बस्छु, नजिक जानुपरे १० मिनेट मात्रै बस्छु, केही नयाँ चिज छुनु परेमा साबुन पानीले हात धुने गर्छु र ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा, स्वाद थाहा नपाएमा, वान्ता भएमा तथा झाडापखला लागेमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नेछु भन्ने ६ बुँदे सपथ खुवाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…