Logo बैशाख ६, २०७८ सोमबार


अमेरिकी निर्वाचनका पछिल्ला ९ तथ्य

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै प्रतिस्पर्धा चलिरहेको छ । डेमोक्र्याटिक उम्मेदवार जोन बाइडनको अग्रता कायम छ भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पछि परेका छन ।

यहाँ निर्वाचनका पछिल्ला तथ्य राखिएको छ ।

१. अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ र यो पटक झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन ।

२. डेमोक्र्याट उम्मेदवार जो बाइडनको अग्रता रहे पनि कसले जित्छ भन्न सक्ने अवस्था छैन ।

३. ‘ब्याटल ग्राउन्ड स्टेट’ भनेर चिनिने एरिजोना, जोर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्ने देखिएको छ ।

. टेक्सास, ओहायो र फ्लोरिडासहित २३ राज्यमा ट्रम्पले मत सर्वेक्षणहरुले देखाए भन्दा राम्रो मत प्राप्त गरेका छन् ।

५. निर्वाचनमा धाँधली भएको राष्ट्रपति ट्रम्पले मतगणनाको विषयलाई सर्वोच्च अदालतमा लगेर चुनौती दिने घोषणा गरेका छन् ।

. राष्ट्रपति ट्रम्पका समर्थकहरुले पेन्सिल्भेनिया, विस्कन्सिन, जोर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया अघि बढाइसकेका छन् ।

७. बाइडन पक्षधरको भने अदालतलाई चुनौती दिने ट्रम्पको टिप्पणी आपत्तिजनक भन्दै मतगणना रोक्न नहुने माग छ ।

८. अमेरिकामा पहिलोपटक ६६.९ प्रतिशत मत खसेको आँकलन छ । जुन १२ वर्षमा सबैभन्दा धरै भएको विश्लेषण छ ।

९. निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…