अमेरिकाको डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले बाराक ओबामालाई उछिने

काठमाडौँ । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा आफू निर्वाचित भएको घोषणा गरेका छन् ।
तर केही राज्यमा मतगणना जारी रहेकोले औपचारिक घोषणा भने हुन बाँकी छ ।
बाइडेन निर्वाचित भए उनले अमेरिकाको ४६ औं राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।
त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख ९५०।४ प्रतिशत०भन्दा बढी मत प्राप्त गरेका छन् ।
केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख (४७.९ प्रतिशत ) भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ ।