Logo बैशाख १, २०७८ बुधबार


इलामकाे पर्यटकीय क्षेत्र पाटेनागी (फोटोफिचर)

भगीरथ भण्डारी
इलाम । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन् त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय ठाउँ भएपनि चर्चामा आउन सकेका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन् । तर एक पटक पुगेको मान्छे पटकपटक जाने गर्दछ ।

तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदीझैँ टलकिएका हिमालको आनन्दसँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने तथा सूर्योदय र साविक पूर्वाञ्चलका धेरैजसो भूभाग नियाल्न सकिन्छ ।

यस ठाउँमा पुग्नका लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावार, फूल र जडिवुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभीर, नागढुङ्गालगायत रमणीय ठाउँ छन् । मेची हाइवे नखुल्दासम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको जानकार बताउनुहुन्छ ।

यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकाले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हेर्यो उतै रातम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँ प्रजातिका पाहा पाटेनागी नजिकैको गँगटे पानीमा छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थलरहेको स्थानीय सोम सुनुवार बताउनुहुन्छ ।

यसठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लु, द्व पिउरा, हुचिल, सिमकुखुरा, कालिज, लामपुछ«े, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् । यसका अतिरिक्त थुप्रै प्रजातीका फिरन्ते प्राणी र वनस्पतिहरुका लागि इलाम उपयुक्त वासस्थानका रुपमा रहँदै आएको छ । चिसो हावा, हरीयाली वनजँगल र विभिन्न प्रजाती चराचुरुङ्गी र जँगली जनावरको पनि अवलोकन गर्न पाइन्छ ।

इलामको साविकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान हाल इलाम नगरपालिका ३ पुवामझुवामा पर्दछ । इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट ६ किलोमिटरको कच्ची सडकको यात्रापछि पाटेनागी पुग्न सकिन्छ । यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको विकासको लागि नगरका सवै वडामा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको काम गरिरहेको छ । यस क्षेत्रमा पुग्नको यतिबेला सडक निर्माण भईरहेको इलाम नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तीर्थ गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…