Logo बैशाख २, २०७८ बिहीबार


‘नेताहरू बिचाैलियासँग मिलेर शिक्षा र स्वास्थ्यमा व्यापार गर्दैछ’

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आउनुभएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र बिचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाउनुभएको हो ।

सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा अपाफ्ना कार्यकर्ता भर्ती गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरुले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन् ।’

डा. केसीले पूँजीवादी भनिने देशहरु समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण नगरी गुणस्तर कायम सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा समाजवादीहरुले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’

उहाँले आफूसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खबरदारीको आवश्यकता रहेको बताउनुभयो । डा. केसीले १९औंं अनशनका समयमा आफूसँग भएका सम्झौताहरु कार्यान्वयनको कुन चरणमा पुगे भनेर प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…