Logo असार ४, २०७८ शुक्रबार


कानुनी रूपमा राष्ट्रपतीय निर्वाचन जितिसकेँ: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनका रिपब्लिक पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले कानुनी रुपमा आफूले निर्वाचन जितिसकेको बताएका छन् । ट्रम्पले नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउसमा सम्बोधन गर्दै आफूले कानुनी रुपमा निर्वाचन जितिसकेको बताएका हुन् ।

आफू विजयी भइसकेको तर डेमोक्र्याटिकलाई जिताउन मतगणनामा धाँधली गरेको उनको आरोप छ । राष्ट्रपति ट्रम्पले हुलाकमार्फत भएका मतदान समते अवैध भएको बताएका छन् । ट्रम्पले मतगणना स्थगित गरेर आफू अदालत जाने र त्यहाँबाट विजयी हुने दाबी गरेका छन् ।

यतिबेला अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचनकाे मतगणना हुने क्रम जारी छ । पछिल्लाे मत गणनाअनुसार डेमाेक्र्याटिक पार्टीका उमेद्वार जाे बाइडनले २६४ इलेक्टाेरल मत प्राप्त गरेकाे छन् भने ट्रम्पले २१४ इलेक्टाेरल मत प्राप्त गरेका छन् । बाइडनकाे जित नजिक हुँदै गएपछि ट्रम्पले मतगणनामा धाँधली भएकाे आरोप लगाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…