Logo बैशाख ३, २०७८ शुक्रबार


स्वास्थ्य प्रोटोकल पालना नगरे कारबाही

          फाइल तस्बिर 

सुनसरी । प्रहरीले कोरोना संक्रमित व्यक्तिले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरे कारबाही गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

पछिल्लो समय संक्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपाय अवलम्बन नगर्ने पाइएको यस्तो निर्देशन गर्नु परेको पोखरेलले बताउनु भयो । यसरी घुम्ने व्यक्तिहरुलाई कारबाही गरिने निर्णय भएको उहाँको भनाइ छ ।

पोखरेलले समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको बताउनु भयो । संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित यस्तो निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उहाँले प्रष्ट पार्नुभयो ।

जिल्ला प्रहरी कार्यालयमार्फत मातहतका सबै युनिटलाई निर्णय कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको पनि सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…