Logo बैशाख ३, २०७८ शुक्रबार


नेकपा अध्यक्ष दाहालले डाकेको सचिवालय बैठकमा बहुमत सदस्य उपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्यहरूको अनौपचारिक बैठक धुम्बाराहीमा सुरू भएको छ।

बैठकमा बहुमत सचिवालय सदस्यहरूको उपस्थिति रहेका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको छ । सचिवालयमा ९ सदस्य रहेका छन् ।

तर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने बैठकमा सहभागी हुनुभएको छैन । यी तीनजना सचिवलायलाई प्रधानमन्त्री ओलीले बैठकमा नजान निर्देशन दिनुभएको थियो ।

बैठकमा पार्टीको स्थायी कमिटी बैठकका निर्णयको कार्यान्वयन, पार्टीको कर्णाली प्रकरण, पर्सा घटना, भारतीय गुप्तचर निकाय रअका प्रमुखको प्रधानमन्त्रीसँगको कुटनीतिक मर्यादाविरुद्धको भेट र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…