विगतमा हामीले विश्वका कम्युनिष्ट पार्टी र तिनको सरकार किन पतन भयो भनेर पढ्यौं तर इतिहासको त्यो ज्ञान या शिक्षालाई व्यवहारमा लागू गर्न आवश्यक ठानेनौं, ठानिरहेका छैनौं । अर्को कुरा आफू सत्तामा भएपछि सबै कुरा ठिक हुन्छ र मैले सबै राम्रो गरिरहेको छु भन्ने भ्रमले पनि यो पतनको खाडल झन् गहिरो बनाउँदै गईरहेको पाउन सकिन्छ । वर्तमान सरकारले समाजवादी बाटोमा हिंड्ने कति काम गरेको छ त्यो दुनियाँले हेरिरहेको छ ।–रोशनकुमार भट्टराईसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो विवाद सतहमा छताछुल्ल भएको छ । प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको मन्त्रीपरिषद्को विषयबाट सुरु भएको विवाद र असन्तुष्टिको आगो दनदनी बलिरहेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि पटकपटक विवादहरु देखा परेका छन । ती व्यक्तिगत स्वार्थका पोकालाई सैद्धान्तिक मदभेदको लेपनले ढाकछोप गरेर जेनतेन सत्ता चलाउने प्रयत्न हाबी छ । तर आम जनता र पार्टी कार्यकर्ताले के यस्तै व्यवस्थाको आशा गरेका थिए त ? पार्टीमा स्थापित विधि र मान्यता विपरित व्यतिगत स्वार्थमा शीर्ष नेताको अलमल नै आजको समस्याको प्रमुख जड हो ।नेकपामा भएका नेताहरुको ब्यवहार हामीले प्रत्येक दिन देखे भोगेका छौं । को कति पानीमाथि छ त्यसको इतिहास कसैले लुकाएर लुक्दैन । सर्प देखे दुलोबाहिर हात र माछो देखे दुलोभित्र हात नै आजको समस्याको प्रमुख जड हो । नेकपाको एकता जुन विधि, प्रक्रिया र जे आधारमा भयो त्यो नै गलत थियो । कमजोर जगमा बलियो घर बनाउने सपना देख्नु महामूर्खता हो ।
हिजो जनताले जे कुराको आश गरेर विकास, समृद्धि ,स्थायी सरकारको लागि यो गठबन्धनको अनुमोदन गरेका थिए, त्यो क्रमश निराशामा परिणत भएको छ ।
अध्यक्ष ओलीको दादागिरीका पछाडि माधव, प्रचण्डको पनि हात छ । किनभने उहाँहरुको अडानमा नबस्ने, समान हैसियत बिर्सेर केही माग्न जाने, स्वार्थमा रमाउने जस्ता कमजोरी पहिल्याएर ओलीले खेल खेलिरहेका छन् । ओलीले बिरालो बनेर मुसा बनाएको खेलको अनुभव वामदेव गौतममा धेरै होला तर योबाट प्रचण्ड र नेपाल पनि अछुतो छैनन् । उनीहरु पनि एकले अर्कोलाई छिर्के हान्ने र आफू अघि बढ्ने दौडका कारण वर्तमान परिस्थितिको निर्माण भएको छ ।सरकार सञ्चालनको विवाद नयाँ विषय भने होईन । यो विवाद बारम्बार उठ्ने र सेलाउने गरिरहेको छ । दुई अध्यक्षबीचमा एउटा अँध्यारो कोठाभित्र हुने उधारो सम्झौता यी तमाम समस्याको लहरो हो । दुई व्यक्तिमा सबै अधिकार थोपर्ने कुरा न लोकतान्त्रिक छ, न त कम्युनिष्ट पार्टीको लेनिनवादी संगठनात्मक सिद्धान्तको मान्यताभित्र पर्छ ।
भागबण्डाको नाममा कार्यकर्तालाई उपुयुक्त जिम्मेवारी नदिने र योग्य कार्यकर्ता पाखा लाग्ने अवस्थाको पार्टीले जनतालाई न्यायको कुरा गर्नु अर्को हँंस्यास्पद कुरा छ । हिजो एकता गर्दा सत्ताको लोभमा सिद्वान्न बेच्नेहरुले नै आज बडो सिद्धान्तको कुरा गर्दैछन् जुन अनैतिकताको पराकाष्ठा हो ।
पार्टीमा विधि प्रक्रियाको उल्लंघन एउटा नेताको कारणले मात्र उल्लंघन भएको छैन । सबै नेताले आफना मान्छेलाई काखा गरेर अर्कोलाई पाखा लगाउने, अर्काको सानो गल्तीलाई तिलको पहाड बनाएर जिम्मेवारीबाट हटाउने तर आफ्नाका गल्तीको ढाकछोप गर्ने परम्पराबाट नेकपा र यसका नेताहरु माथि उठ्न सकेनन् । हिजो जनताले जे कुराको आश गरेर विकास, समृद्धि ,स्थायी सरकारको लागि यो गठबन्धनको अनुमोदन गरेका थिए, त्यो क्रमश निराशामा परिणत भएको छ ।पार्टी एकता गर्दा सिद्धान्त सौदाबाजीको बिषय बन्नु कम्युनिष्ट पार्टीमा एउटा भद्दा मजाक थियो । भागबण्डाको नाममा कार्यकर्तालाई उपुयुक्त जिम्मेवारी नदिने र योग्य कार्यकर्ता पाखा लाग्ने अवस्थाको पार्टीले जनतालाई न्यायको कुरा गर्नु अर्को हँंस्यास्पद कुरा छ । हिजो एकता गर्दा सत्ताको लोभमा सिद्वान्न बेच्नेहरुले नै आज बडो सिद्धान्तको कुरा गर्दैछन् जुन अनैतिकताको पराकाष्ठा हो । पार्टीमा विधि मिचेर खडा गरिएको जगमा कमजोर घर बन्ने कुरा नौलो रहेन । एकता राम्रो काम थियो तर जुन तरिकाले भयो त्यो गलत थियो । त्यसको परिणाम आज पार्टी र आम कार्यकर्ताले भोगिरहेका छन् । जबज सत्ता पाउन्जेल बिर्सने तर सत्ता नभए तर्साउने एउटा बुख्याँचा जस्तो भएको छ । जबज बोल्ने तर लागू गर्नु नपर्ने मन्त्र भएको छ । जब जब सत्तामा संकट आउँछ तब जबजवादीहरु त्यो खरानी बोकेर सत्ताको प्राण फर्काउन दौडिन्छन् । यो तरिका कम्युनिष्ट पार्टीको बदनाम सिवाय अरु केही होइन, हुन सक्दैन ।
जबज सत्ता पाउन्जेल बिर्सने तर सत्ता नभए तर्साउने एउटा बुख्याँचा जस्तो भएको छ । जबज बोल्ने तर लागू गर्नु नपर्ने मन्त्र भएको छ । जब जब सत्तामा संकट आउँछ तब जबजवादीहरु त्यो खरानी बोकेर सत्ताको प्राण फर्काउन दौडिन्छन् । यो तरिका कम्युनिष्ट पार्टीको बदनाम सिवाय अरु केही होइन, हुन सक्दैन ।
भनिन्छ, मुर्खदेखि दैव पनि डराउँछ, नैतिकहीनताको कुनै ओखती हुदैन । उसलाई नैतिकवान बनसम्म भन्न सकिन्छ । कम्युनिष्ट पार्टी त्यसमा पनि संसदीय शासन प्रणाली भएको मुलुकमा एक व्यतिको देवत्वकरण र सर्वशक्तिमान हुने भूत नै आन्दोलनको पतनको बाटो हो । विगतमा हामीले विश्वका कम्युनिष्ट पार्टी र तिनको सरकार किन पतन भयो भनेर पढ्यौं तर इतिहासको त्यो ज्ञान या शिक्षालाई व्यवहारमा लागू गर्न आवश्यक ठानेनौं, ठानिरहेका छैनौं । अर्को कुरा आफू सत्तामा भएपछि सबै कुरा ठिक हुन्छ र मैले सबै राम्रो गरिरहेको छु भन्ने भ्रमले पनि यो पतनको खाडल झन् गहिरो बनाउँदै गईरहेको पाउन सकिन्छ । वर्तमान सरकारले समाजवादी बाटोमा हिंड्ने कति काम गरेको छ त्यो दुनियाँले हेरिरहेको छ । संविधानमा उल्लेखित मौलिक हक अन्तर्गत स्वास्थ्य क्षेत्रका लागि अदालतले आदेश गनुपर्ने कुराले राज्यको चरित्र प्रष्ट छ । यस्तो संकटमा राज्य कहाँ छ ? यही सरुवा, बढुवा र नियुक्तिका लागि जनताले दुईतिहाई दिएका हुन् त ? यति कामचलाउ काम त विगतमा अन्य सरकारले गरेका थिएनन र ? यो ठुूलो जनमत सृजना गर्न ओलीको महत्वपूर्ण भूमिका छ तर उनी एक्लैले यो सबै गरेको भन्ने भ्रम नै आजको समस्याको जड् हो ।
आफू सत्तामा हुँदा जे गरेपनि ठिक हुन्छ र म नै सर्वज्ञ ज्ञाता हो भन्ने भ्रमबाट ओली जति छिटो बाहिर आउँछन् र पार्टीलाई व्यतिगत स्वार्थमा होइन सामूहिक निर्णयमा , कार्यकर्ता र जनतामा न्यायका लागि, संविधानमा उल्लेखित समाजवादको बाटोमा लाग्छन्, त्यति नै यो पार्टी स्थापित हुंदै जान्छ । अन्यथा कसैको सत्ताका लागि जनताले बारम्बार मत दिनुपर्ने कुनै बाध्यता देखिदैन ।
वर्तमान नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशन अगाडि जबज र कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण नामक पुस्तकमा हामीले खुला प्रतिस्पर्धा र अन्तर्पार्टी लोकतन्त्रलाई बलियो बनाएर मात्र कम्युनिष्ट पार्टीलाई जिवन्त बनाउन सकिने कुरा उल्लेख गर्नुभएको छ । त्यसमा उहाँले सोभियत संघमा कम्युनिष्ट पार्टी र सत्ताको विघटनका पछाडि महासचिवको एकलौटी अधिकार, कुनैपनि कमिटीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा त्यो अवस्था आएको उल्लेख गर्नुभएको छ । आज उहाँ स्वयं नेतृत्वमा हुँदा त्यही गरिरहनुभएको छ भने यसको परिणाम के हात पर्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । उहाँले जबज र पार्टीको आन्तरिक लोकतान्त्रीकरण लागि त्यो शब्द खर्च गर्ने कुरा पक्कै पनि तत्कालीन अवस्थामा चुनाब जित्नका लागि मात्र थियो भने यो अनैतिक काम हो । आफू सत्तामा हुँदा जे गरेपनि ठिक हुन्छ र म नै सर्वज्ञ ज्ञाता हो भन्ने भ्रमबाट ओली जति छिटो बाहिर आउँछन् र पार्टीलाई व्यतिगत स्वार्थमा होइन सामूहिक निर्णयमा, कार्यकर्ता र जनतामा न्यायका लागि, संविधानमा उल्लेखित समाजवादको बाटोमा लाग्छन्, त्यति नै यो पार्टी स्थापित हुंदै जान्छ । अन्यथा कसैको सत्ताका लागि जनताले बारम्बार मत दिनुपर्ने कुनै बाध्यता देखिदैन । यसले पार्टीलाई ईतिहासमा सिमित गर्ने खतरा छ । राजनेता हुनका लागि आम जनता र पार्टी कार्यकताको मन जित्न सक्नुपर्छ । तर आफनो गुटका झोलाका केही मान्छे बोकेर राजनेताको सपना देख्नु भनेको बालुवाको महल सिवाय केही हुने छैन भन्नु अत्युक्ति नहोला ।
पार्टीका संरचनामा योग्य मान्छेलाई न्यायपूर्वक जिम्मेवारी देउ, सबै विधिमा हिँड, कमिटी प्रणाली स्थापित गर ।
अन्तमा, जबजको शंख फुकेर व्यबहारमा त्यसका मूल मर्म लागू नगर्ने भए त्यो कसाईले बुद्वको फ्यान हो भनेभन्दा कतिपनि फरक हुने छैन । वर्तमान समयमा सबै शीर्ष नेताले बैठक बसेर समाधान खोज्नुपर्छ । बैठकबाट भागेर कतै पुगिन्न र यो अल्पकालीन बुद्वि त्याग्नु उत्तम छ । पार्टीका संरचनामा योग्य मान्छेलाई न्यायपूर्वक जिम्मेवारी देउ, सबै विधिमा हिंड, कमिटी प्रणाली स्थापित गर । ओलीले सबैसँग सल्लाह गरेर पार्टी, सरकार चलाउने र अन्य नेताले सरकारलाई सफल बनाउने र पार्टी संगठन बलियो बनाउने, जनपक्षीय काम गर्न सहयोग गरेमा सबैको भविष्य उज्ज्वल छ । अन्यथा, एउटै डुंगामा बसेर पारिने प्वाल जसले जसलाई डुबाउन गरिएपनि अन्तत सबै डुब्ने हो । यसमा मूल जिम्मेवारी हुने मुलीको क्षमता र नियत सबैभन्दा प्रमुख कुरा हो ।